प्राथमिक तहमा कार्यरत अस्थायी शिक्षकहरुलाई पुर्नव्यवस्थापनको लागि विद्यालय छनौट फाराम भर्ने सम्बन्धी सूचना
प्रकाशित मिती:
शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिका लागि सिफारिस भै आएका उम्मेदवारहरुलाई स्थायी नियुक्ति/पदस्थापना गरीएपश्चात प्राथमिक तहमा कार्यरत अस्थायी शिक्षकहरुलाई पुर्नव्यवस्थापन गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित विद्यालयहरुमा प्राथमिकताक्रम तोकि विद्यालय छनौट फाराम भर्न सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । विद्यालय छनोट फारामका साथ नियुक्तिपत्रको छायाँकपी र नागरिकताको छायाँकपी राखी खाम बन्द गरी पेश गर्नुपर्नेछ । थप जानकारीका लागि यस कार्यालयको Website: www.deolamjung.gov.np मा Login गर्नुहोला ।
सूचना प्रकाशित मितिः २०७१।०५।०३
फाराम भर्ने मितिः २०७१ भाद्र ४, ५ र ६ गते जम्मा ३ दिन मात्र ।
हेमराज पुजारा
जिल्ला शिक्षा अधिकारी
नोट : राहत अनुदान तर्फ सूचीकृतमा परेका शिक्षकहरुले राहत तर्फ तोकिएका विद्यालयहरु र दरबन्दी तर्फ सूचीकृतमा परेका अस्थायी शिक्षकहरुले दरबन्दी रहेको विद्यालयहरु छनोट गर्नुपर्नेछ ।
परिपत्र तथा सूचना
- लमजुङ जिल्लाको एस एल सी परीक्षा २०७१ को नतिजा विश्लेषण (विद्यालयगत)
- भूकम्पको कारणबाट लमजुङ जिल्लाका क्षतीग्रस्त विद्यालयहरुको जेठ ४ गतेसम्म प्राप्त विवरण
- शिक्षक पुनर्व्यवस्थापन सम्बन्धमा प्राथमिक क्रममा विद्यालय छनौट गर्नका लागि भर्ने फाराम
- प्राथमिक तहमा कार्यरत अस्थायी शिक्षकहरुलाई पुर्नव्यवस्थापनको लागि विद्यालय छनौट फाराम भर्ने सम्बन्धी सूचना
- निर्देशन कार्यान्वयन गर्ने सम्बन्धमा थप हेर्नुहोस
