पुन: विद्यालय छनौट फाराम भर्ने सम्बन्धी सूचना
प्रकाशित मिती: 0
शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिका लागि सिफारिस भै आएका उम्मेदवारहरुले मिति २०७१।०४।०२ को सूचना बमोजिम विद्यालय छनोट फाराम भरेको भएतापनि फाराम संकलन गर्ने क्रममा केही त्रुटी भएको पाइएकोले मिति २०७१।०४।२३ को जिल्ला शिक्षा समिति लमजुङको निर्णयानुसार पुन: विद्यालय छनोट फाराम भर्न यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको ३ दिन भित्र सबै सफल उम्मेदवारहरुले विद्यालयहरुको प्राथमिकताक्रम तोकी सिलबन्दी खाममा यस कार्यालयमा पेश गर्न सूचित गरिन्छ । थप जानकारीका लागि यस कार्यालयको Website: www.deolamjung.gov.np मा Login गर्नुहोला ।
सूचना प्रकाशित मितिः २०७१।०४।२६
फाराम भर्ने मितिः २०७१।०४।२७¸ २८ र २९ गते मात्र ।
धनसिंह धामी
जिल्ला शिक्षा अधिकारी
